arrow

पानीको मूल्य बढाउन भुमिका खेल्ने उपभोक्तावादीलाई आकर्षक पद

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १० बुधबार
prem_lal._._._._._.jpg

काठमाडौं । व्यवासायीसँगको साँठगाँठमा जारको पानीको मूल्य बढाउने कथित उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनलाई सरकारले उपभोक्ता संरक्षण परिषदको सदस्यमा मनोनयन गरेको छ ।

व्यवसायी र सरकारी कर्मचारीसँग स्थायी प्रतिपक्षी भई उपभोक्ता हकहितका लागि आवाज उठाउनु पर्ने उपभोक्ता अधिकारकर्मीहरु पछिल्लो समय व्यवसायी र कर्मचारीकै मिलेमतोमा उपभोक्ता हित प्रतिकुल हुने कामहरु ग्र्दै आएका छन् ।

त्यसैको उहादरण हो गत साउनमा जारको पानीको अनुगमन गर्दै व्यवसायीलाई पोस्ने र उपभोक्तालाई थप मार्का पर्नेगरी सरकारले पानीको जारको मूल्य बढाउँदा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन पनि त्यसलाई समर्थन गर्दै गए ।

सरकारले १ जार पानीको मूल्य ४० रुपैयाँबाट बढाएर ५० रुपैयाँ पुर्याउँदा मूल्य घटाएको दावी गदरिरहेका बेला उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन पनि डटेरै त्यसको समर्थनमा रहे ।

उनै प्रेमलाल मर्हजनलाई सरकारले उपभोक्ता संरक्षण परिषदको सदस्यमा मनोनयन गरेको छ ।

उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत साउन २६ मा परिषदको सदस्यमा मनोनयन गरेको हो ।

उद्याेग वाणिज्य तथा अापूर्ति मन्त्री र व्यवसायीहरुसँगको उठबस हुने भएकाले उपभोक्ता संरक्षणका नाममा कमाई खाने आकर्षक पदका रुपमा उपभोक्ता संरक्षण परिषदको सदस्यलाई लिइन्छ ।



लोकप्रिय समाचार
नयाँ