arrow

मुटु र थाइराइडको उपचार गर्न भर्ना भएका पुरुषको संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
dead2.jpg

काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले तीन दिनअघि अस्पताल भर्ना भएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले सोहीको उपचार गर्न धुलिखेल अस्पताल भर्ना भएको झाले बताए । 

पछिल्लो केही हप्तायता काभ्रेपलाञ्चोकमासमेत कोरोना संक्रमण बढ्दै गएको छ । पोष्टका अनुसार कुल संक्रमितमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६३ उपचारपछि घर फर्किएका छन् । बाँकी ९८ संक्रमितको विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको जनाइएको छ । 



लोकप्रिय समाचार
नयाँ