arrow

एकै जिल्लाका ४ जनाको कोरोनाबाट मृत्यु, सुरक्षा व्यवस्था कडा पारियो

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
coronavirus-molecular.jpg

बारा । एकै जिल्लाका ४ जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट बारामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको हो । संक्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

बिहान २ जना  र राति दुई जनाले ज्यान गुमाएका हुन् । राति ज्याउ गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध विश्वनाथप्रसाद जैसवाल र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय अशोकप्रसाद यादव रहेको डिएसपी मिश्रले बताए । 

बिहान सुवर्ण गाउँपालिका वडा नम्बर ५ औरैयाका ७२ वर्षीय धुपलाल यादव र  महागढीमाई नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय गेनाप्रसाद साहको मृत्यु भएको थियो । मृतक चारजनाको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो । कोरोनो पोजिभिट देखिएपछि उपचाररत रहेका उनीहरुको अस्पतालमै ज्यान गएको हो ।

योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । बारामा बुधबारसम्म सक्रिय कोरोना संक्रमितको सङ्ख्या ४१६ रहेको छ । संक्रमितमध्ये ८२ जना कलैयास्थित गंगापुर आइसोलेशन केन्द्रमा छन् भने ३१९ जना घरमै छुट्टै बस्दै आएका छन् । 

संक्रमण भइ उपचारपश्चात बारामा हालसम्म २९० जना घर फर्किसकेका छन् । बुधबार मात्रै बारामा २३ जना संक्रमित थपिएका छन् ।  ४ जनाको मृत्युसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।



लोकप्रिय समाचार
नयाँ