माछा मार्ने क्रममा नरेशलाई सर्पले टोक्यो, बाटोमै मृत्यु
रबिन्द्र यादव,
प्रकाशित २०७७ भदौ १० बुधबार
50
Shares
नवलपरासी । सरवावल गाउँपालिकामा सर्पको टोकाइबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ बड्हरा बस्ने बर्ष ४८ को नरेश गुप्ता रहेको त्रिबेणी आर्मी क्याम्पले जनाएको छ ।
खेतमा माछा मार्न गएको अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि त्रिबेणी स्थित त्रिबेणी आर्मी क्याम्पमा पुर्याइएको थियो ।
थप उपचारका लागि बुटवल लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको समाजसेवी जन्मेजय यादवले जानकारी दिए ।