arrow

६० जना सहसचिव एकै पटक सरुवामा, को कहाँ –हेर्नुहोस् सूची सहीत)

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १० बुधबार
general-administration-federal-affairs.jpg

काठमाडौं । सरकारले ६० जना सहसचिवहरुलाई एकै पटक सरुवा गरेको छ। संघीय मन्त्रालयमा रहेका बरिष्ठ सहसचिवहरुलाई प्रदेशमा र प्रदेशमा रहेका सहसचिवहरुलाई संघीय मन्त्रालय तथा मातहतका कार्यलयमा सरकारले सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा रहेका सहसचिव दिनेश घिमिरेलाई प्रदेश १को मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय विराटनगर, अर्थ मन्त्रालयका प्रवक्ता समेत रहेका उत्तरकुमार खत्रीलाई सोही प्रदेशको भौतिक तथा योजना मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै कृषि तथा पशुपञ्छि विकास मन्त्रालयकी सहसचिव सबनम सिवाकोटीलाई गण्डकी प्रदेशको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा, कृषि आधुनिकिकरण परियोजना प्रमुख रेवती रमण पौडेललाई प्रदेश ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्यलाई कर्णालीको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ ।

ती बाहेक अन्य सहसचिवको पनि हेरफेर गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

हेर्नुहोस् सूचीसहीतः

https://www.mofaga.gov.np/news-notice/2047?fbclid=IwAR0YRHENkpOY51q3I7ZdrmOPzCCmQ5fDyvEGsz7O7Oi5l81ffwHTAcDFPEk

 



लोकप्रिय समाचार
नयाँ