arrow

वर्तमान सरकारले जनताको पीडा सम्बोधन गरेन– कृष्ण सिटौला

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
krishna-sitaula.JPG

बनियानी । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार नेपालीहरुको साझा सरकार बन्न नसकेको आरोप लगाएका छन् । 

झापाको चन्द्रगढीमा बुधबार आयोजित कार्यक्रममा नेता सिटौलाले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि कांग्रेसको विकल्पमा कुनै दल नरहेको दावी गरे । 

“कोरोना महामारीको संकटका बेलामा सरकारले जनताको पीडा सम्बोधन गर्न सकेको छैन”, उनले भने । एकल जहानियाँ राणा शासनकालदेखि श्रमजीवी वर्गको उन्नतिका लागि काँग्रेस लड्दै आएको स्मरण गर्दै नेता सिटौलाले समाजवाद कागजमा होइन व्यवहारमा ल्याउन कांग्रेस बाहेक अन्य दलले नसक्ने जिकिर गरे । 



लोकप्रिय समाचार
नयाँ