arrow

पूजारीको हत्यारालाई कार्वाहीको माग गर्नेहरु गृहको निशानामा, गृहको गोप्य सर्कुलर

पूजारीले न्याय दिलाउनु भन्दा न्याय माग्नेहरुलाई दवाउने योजना

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १० बुधबार
home-circular.jpg

काठमाडौं। राम बहादुर थापा नेतृत्वको गृह मन्त्रालयले रौतहट हनुमान मन्दिरका पूजारीका हत्यारालाई खोजी गरी कारवाहीको माग गर्नेहरू गृह मन्त्रालयको निशानामा परेका छन् । गृहले पिडितलाई न्याय दिलाउन माग गर्दै दवाव दिनेहरुलाई निशानामा राख्दै कडा कारवाही गर्न प्रहरी प्रधान कार्यालय र  मातहतका विभिन्न जिल्ला प्रशासन कार्यालयहरूलाई अति गोप्य सर्कुलर जारी गरेको छ ।

रौतहटका पूजारी हत्याकाण्डका अपराधीहरुलाई कार्वाहीको माग गर्दै दाङ र सुनसरीमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको उल्लेख गर्दै गृहले मातहतका जिल्लाहरुलाई भदौ ७ गते पठाइएको अति गोप्य सर्कुलरमा पुजारी हत्याका अपराधीमाथि कारवाहीको माग गर्ने तथा हिन्दुराज्यको माग गरेर ज्ञापनपत्र समेत बुझाएको पृष्ठभूमिमा ति जिल्लाहरुमा हुनसक्ने गतिविधीहरूलाई हुन नदिन भनिएको छ।

नेपाल प्रहरीका प्रहरी महानिरिक्षक र कार्यक्रम भएका भनिएका प्रमुख जिल्ला अधिकारीहरूलाई सम्बोधन गरी पठाइएको सर्कुलरमा शाखा अधिकृत शाखा अधिकृत प्रतीक राईले हस्ताक्षर गरेका छन् । 

धार्मिक व्यक्तित्वहरु र संस्थाहरु निसानामा पारि आक्रमण र हत्या हुँदा पनि अपराधीहरु पक्राउ नपरेको अवस्थामा दवावमूलक कार्यक्रम गरेकाहरुप्रति लक्षित गरि उल्टै आक्रामक रुपमा प्रस्तुत भएर सर्कुलर पठाउने गृहमन्त्रालयको नियतको बारेमा यतिखेर टिप्पणी हुन थालेको छ । 

गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको मन्त्रालय अपराधीहरुलाई कानुनी कठघरामा ल्याई कार्वाही गर्नेतर्फ लाग्नुपर्नेमा पिडित पक्षको वकालत गर्नेहरुप्रति कठोरतापूर्वक उत्रिन दिएको आदेशले अनेक आशंका उब्जाएको सुरक्षा मामिलाका जानकारहरु बताउँछन्। 



लोकप्रिय समाचार
नयाँ