काठमाडौं। कोभिड-१९ प्रकोपका कारण चौतर्फी आलोचना भोगिरहेको चीनका कूटनीतिज्ञहरु चीनको बचाउका लागि अग्रपंक्तिमा आउने गरेका छन् । तर, पनि चीनले आफूलाई ग्लोबल लिडरको रुपमा प्रस्तुत गर्न आफूले विकास गरिरहेको खोपको पहुँचसँगै ऋण उपलब्ध गराउने आश्वासन दिँदै आएको छ ।
चीनमा विकास भइरहेको खोपहरू महामारीको प्रतिरोध गर्न सुरक्षित र प्रभावकारी भएको दाबी गरिएको छ । चीनका कूटनीतिज्ञहरूले "यदि परिक्षणहरु सफल भयो भने खोपहरू "ग्लोबल पब्लिक सम्पत्ति" हुने बताइरहेका छन् । राष्ट्रपति सी जिनपिङले समेत मेमा विश्व स्वास्थ्य संगठनको भेलालाई सम्बोधन गर्दै चीनले विकास गर्ने खोपहरुमा विश्वव्यापी अधिकार हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विश्वका अन्य खोपहरु चिनियाँ खोपको विकासभन्दा एक चरण पछि भएका कारण उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । यद्यपि उक्त खोपहरु आपूर्ति अभावका कारण र उत्पादनका अवरोधका कारण उपलब्ध हुन महिनौं र वर्षौसम्म लाग्न सक्ने देखिएको छ ।
चीनले संयुक्त राज्य अमेरिका, बेलायत र जापानलगायत सम्पन्न मुलुकहरुले औषधि विकासकर्ताहरूसँग आफ्नै नागरिकका लागि प्रारम्भिक खुराक उपलब्ध गराउने देखेको चीनले आफ्नो आलोचनालाई कम गर्न यस्तो रणनीति लिएको अन्तराष्ट्रिय मामिलाका विश्लेकहरु बताउँछन् ।
"चीनले अन्य मुलुककोजस्तो एकाधिकार खोज्ने वा खोपहरू खरिद गर्नेछैन," परराष्ट्र मन्त्रालयका प्रवक्ता हुआ चुनियाङले भनेका थिए ।
यद्यपि बेइजिङले आफ्नो कम्पनीसँग कसरी काम गर्ने भनेर स्पष्ट पारेको छैन । राज्य र सार्वजनिक स्वामित्वमा रहेका दुबै कम्पनीहरूले "ग्लोबल पब्लिक गुड्स" को लागी आफ्नो दृष्टिकोण पूरा गर्नका आफ्नो १ अर्ब ४० करोड जनसंख्यालाई कसरी उपलब्ध गराउने छ भन्ने स्पष्ट पारिएको छैन ।
हालसम्म, चीनले विकास गरिरहेको 'कोभ्याक्स' लाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । विश्व स्वास्थ्य संगठनले नै लक्षित देशहरुमा खोपको उचित वितरण सुनिश्चित गर्ने गर्दछ, आफ्नै मुलुकका लागि डोज उपलब्ध गराउन नसक्ने अवस्थामा चीनले विकासन्मुख मुलुकलाई आश्वासन दिइरहेको टिप्पणी पनि हुन थालेको छ ।
चिनियाँ कूटनीतिज्ञहरूले नेपाल, अफगानिस्तान, पाकिस्तान र फिलिपिन्सलाई चीनले विकास गरेको खोपको पहिलो प्राथमिकतामा राख्ने आश्वासन दिएका छन् ।