काठमाडौं। जम्मु कश्मीरको विषयमा चीन र पाकिस्तानले जारी गरेको संयुक्त विज्ञप्तिमार्फत गरिएको दाबीलाई भातले अस्वीकार गरेको छ । भारतले नयाँ दिल्लीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नसमेत चेतावनी दिएको छ ।
चीन पाकिस्तान इकोनोमिक करीडोरबारे आफ्नो चासोबारे उल्लेख गर्दै नयाँ दिल्लीले जम्मू कश्मीरमा दाबीका विषयमा चासो नराख्न दुबै देशलाई सचेत गराएको छ ।
यसअघि पाकिस्तानले नयाँ नक्सा जारी गर्दै 'स्टाटस क्वो' परिवर्तन गर्ने कार्यको भारतले विरोध गरेको थियो । चीनले पाकिस्तानले जम्मू कश्मीरको अवस्थालाई जटिल बनाउने कुनै “एकतर्फी” कारबाही नगरेको उल्लेख गरेको एक दिनपछि भारतीय विदेश मन्त्रालयले यस्तो अभिव्यक्ति सार्वजनिक गरेको हो ।
पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले चिनियाँ प्रान्त हेनानमा चीन-पाकिस्तान विदेश मन्त्रीहरूको रणनीतिक वार्ताको दोस्रो चरणमा आफ्नो चिनियाँ समकक्षी वाङ यीलाई भेट गरेका थिए ।
भारतीय विदेश मन्त्रालाका प्रवक्ता अनुराग श्रीवास्तवले भने, “विगतमा जस्तो हामी पनि चीन-पाकिस्तान विदेशमन्त्रीको रणनीतिक वार्ताको दोस्रो चरणको संयुक्त प्रेस विज्ञप्तिमा जम्मू कश्मीरको सन्दर्भलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौं । जम्मू कश्मीर भारतको अभिन्न र अविभाज्य क्षेत्र हो ।”
"हामी आशा गर्दछौं कि सम्बन्धित पक्षहरूले भारतको आन्तरिक मामिलामा हस्तक्षेप नगरुन् ।" प्रवक्ता श्रीवास्तवले चेतावनी शैलीमा भने ।
श्रीवास्तवले भारतले बारम्बार चीन र पाकिस्तान दुबैलाई पाकिस्तानको अवैध कब्जामा रहेको भारतीय भू-भागमा रहेका "तथाकथित" चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सीपीईसी) को परियोजनाहरुमा आफ्नो चिन्ता प्रस्तुत गरेको बताए ।
उनले भने, “हामीले पाकिस्तानले कब्जा गरेको जम्मू कश्मीरमा यथास्थिति परिवर्तन गर्ने अन्य देशहरूले गरेका कार्यहरूको पूर्ण विरोध गर्दछौं र सम्बन्धित पक्षहरूलाई त्यस्ता कार्यहरू रोक्न आग्रह गर्दछौं।”