काठमाडौं । भारतमा बुधबार अहिलेसम्मकै सबैभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार ७५ हजार ९९५ जना संक्रमित थपिएका हुन् ।
यो एकैदिन थपिएको अहिलेसम्मकै बढी हो । यसअघि शनिबार ७० हजार ६७ जना संक्रमित थपिएका थिए ।
योसंगै संक्रमितको संख्या भारतमा ३३ लाख ७ हजार ७४९ पुगेको छ । सक्रिय संक्रमित ७ लाख २३ हजार १०४ पुगेका छन् ।
बुधबार ५६ हजार १९१ जनालाई निको भएको छ । योसंगै निको हुनेको संख्या २५ लाख २३ हजार ४४३ पुगेको छ ।
बुधबार १ हजार १७ जनाको ज्यान गएको छ । मंगलबार १ हजार ६६, सोमबार ८५४ तथा आइतबार ८४६ जनाको ज्यान गएको थियो ।
अहिलेसम्म भारतमा ६० हजार ६२९ जनाको ज्यान गइसकेको छ ।
सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा २३ हजार ८९ जनाको भएको छ । त्यस्तै तमिलनाडुमा ६ हजार ८३९ जनाको भएको छ ।
बिहारमा ६५३ जनाको ज्यान गइसकेको छ ।