काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको छ । बुधबार फेरि संक्रमण तुलनात्मक रुपमा बढेको हो । बुधबार २ लाख ६४ हजार दुई सय भन्दा बढी संक्रमित भएका छन् भने ६ हजार १ सय ५० भन्दा बढीको ज्यान गएको छ ।
मंगलबार २ लाख ३९ हजार ६९२ जना संक्रमित थपिएकामा ५ हजार ८२७ जनाको ज्यान गएको थियो ।
विश्वभर २ करोड ४३ लाख १५ हजार भन्दा बढी संक्रमित पुगिसकेका छन् । ८ लाख २८ हजार ७ सय भन्दा बढीको ज्यान गइसकेको छ ।
बुधबार सबैभन्दा बढी संक्रमित भारतमा देखिए । भारतमा बुधबार अहिलेसम्मकै सबैभन्दा कोरोना भाइरसका संक्रमित थपिएका हुन् । बुधबार ७५ हजार ९९५ जना संक्रमित थपिएका हुन् । त्यसैगरी १ हजार १७ जनाको ज्यान गयो । अहिलेसम्म भारतमा ३३ लाख ७ हजार ७४९ जना संक्रमित हुँदा ६० हजार ६२९ जनाको ज्यान गइसकेको छ ।
भारत समग्रमा तेस्रो स्थानमा छ । भारतमा २५ लाख २३ हजार ४४३ जनालाई निको भएको छ ।
समग्रमा शीर्ष स्थानको अमेरिकामा बुधबार ४२ हजार ९७४ जना संक्रमित थपिएर ५९ लाख ९८ हजार ७०२ पुगेका छन् । मृतक १ हजार २४३ थपिएर १ लाख ८३ हजार ६०७ पुगेका छन् । ३२ लाख ९६ हजार २९५ जनालाई निको भएको छ ।
दोस्रो स्थानको ब्रजिलमा ४७ हजार ८२८ थपिएर कुल संक्रमित ३७ लाख २२ हजार ४ जना पुगेका छन् । मृतक बुधबार १ हजार ९० थपिएर १ लाख १७ हजार ७५६ पुगेका छन् । २९ लाख ८ हजार ८४८ जनालाई निको भएको छ ।
चौथो स्थानको रुसमा ४ हजार ६७६ संक्रमित थपिएर कुल ९ लाख ७० हजार ८६५ पुगेका छन् । मृतक ११५ थपिएर १६ हजार ६८३ पुगेका छन् । ७ लाख ८६ हजार १५० जनालाई निको भइसकेको छ ।
पाँचौं स्थानको दक्षिण अफ्रिकामा २ हजार ६८४ जना संक्रमित थपिएर ६ लाख १५ हजार ७०१ पुगेका छन् । मृतक १९४ थपिएर १३ हजार ५०२ पुगेका छन् । ५ लाख २५ हजार २४२ जनालाई निको भइसकेको छ ।
पेरुमा ६ लाख ७ हजार ३८२ जना संक्रमित पुगेका छन् । मृतक २८ हजार १ पुगेका छन् । ४ लाख १४ हजार ५७७ जनालाई निको भइसकेको छ ।
सातौं कोलम्बियामा १० हजार १४२ संक्रमित थपिएर ५ लाख ७२ हजार २७० पुगेका छन् । मृतक २९५ थपिएर १८ हजार १८४ पुगेका छन् । ४ लाख ७ हजार १२१ जनालाई निको भइसकेको छ ।
मेक्सिकोमा ४ हजार ९१६ जना थपिएर संक्रमित ५ लाख ६८ हजार ६२१ पुगेका छन् । ६५० जना मृतक थपिएर ६१ हजार ४५० पुगेका छन् । ३ लाख ९३ हजार १०१ जनालाई निको भएको छ ।
नवौं स्पेनमा ३ हजार ५९४ संक्रमित थपिएर ४ लाख २६ हजार ८१८ पुगेका छन् । मृतक ४७ थपिएर २८ हजार ९७१ पुगेका छन् ।
दशौं चिलीमा १ हजार ३८० जना संक्रमित थपिएर ४ लाख २६ हजार ८१८ पुगेका छन् । मृतक ३२ थपिएर १० हजार ९९० पुगेका छन् । ३ लाख ७६ हजार २६८ जनालाई निको भएको छ ।
अन्य थपिएका मृतकमा अर्जेन्टिनामा २७६, बेलायतमा १६, इरानमा ११९, साउदी अरेबियामा ३३, बंगलादेशमा ५४, फिलिपिन्समा ९९, इन्डोनेसियामा ८६, बोलिभियामा ८६, रोमानियामा ५४ जनाको ज्यान गएको छ ।