arrow

कांग्रेसद्धारा डडेल्धुराका आलितालका पहिरो पीडितलाई राहत वितरण 

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
rahat-congress.jpg

डडेल्धुरा । नेपाली काँग्रेस डडेल्धुराले जिल्लाको आलिताल गाउँपालिकास्थित बलौचा, ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडी गाउँका पहिरो पीडितलाई राहत वितरण गरेको छ।

चुरे श्रृंखला क्षेत्रबाट खसेको पहिरोका कारण आलिताल गाउँपालिकाको वडा नम्बर ७ का बलौचा, ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडीका ३५ परिवार विस्थापित भएका थिए । 

बुधबार ती सबै परिवारलाई कांग्रेस डडेल्धुराले संचालन गरेको एनडी प्रकाश आपतकालीन चुलोले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेको छ।

डडेल्धुरा काँग्रेसले विस्थापित परिवारलाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन गरी ९ क्विन्टल चामल ७० केजी दाल ३५ लिटर तेल, ५ पेटी चाउचाउ, २० पिस मास्क वितरण गरेको हो ।

राहत सामग्री नेपाली कांग्रेसका कार्यबाहक सभापति करुणाकार भट्टले गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङलाई हस्तान्तरण गरेको दुर्गा कापडीले बताए । 



लोकप्रिय समाचार
नयाँ