कपिलवस्तु । कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारार्थ कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।
उनको उपचारको क्रममा गत भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि ६ गतेदेखि उनलाई बुटवल कोरोना अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यो संख्यासंगै कपिलवस्तुमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
यसअघि कपिलवस्तु नगरपालिकाका १ जना र मायादेवी गाउँपालिकाका १ जना गरी २ जनाको कोरोनाका कारण मुत्यु भैसकेको छ ।