काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कोरोना भाइरसको महामारीको प्रभावका बेलामा सरकारलाई तत्काल स्वेतपत्र जारी गर्न आग्रह गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले समग्र कोरोना भाइरसको संक्रमण भएदेखि अहिलेसम्मको विषय समेटेर स्वेतपत्र जारी गर्न माग गरेका हुन् ।
उनले भनेका छन्, ‘कोरोना संक्रमण सुरु भएदेखि लकडाउन र निषेधाज्ञा बाहेक सरकारले यसको रोकथाम, नियन्त्रण, स्वास्थ्य उपचारमा गरिएको थप प्रबन्ध, श्रमिक लगायत आमजनताको हितमा ल्याइएको राहत प्याकेज र उद्योग, व्यवसायको रक्षाका लागि गरिएको प्रबन्ध लगायतका बिषयमा तत्काल स्वेतपत्र जारी गरोस् ।’
पूर्व गृहमन्त्रीसमेत रहेका खड्काले यो सन्देशसंगै सरकारलाई पारदर्शी बन्न सचेत समेत गराएका छन् ।