काठमाडौं । महविश हयात पाकिस्तानकी एक प्रसिद्ध अभिनेत्री हुन्। यस बाहेक, उनीसँग अन्डरवर्ल्ड डन दाउद इब्राहिमको प्रेमिका भनेर अर्को परिचय जोडिएको छ । महविशलाई दाउदको नयाँ प्रेमिका भनिन्छ। यद्यपि उनले यस कुरालाई अस्विकार गरेकी छन्।
पाकिस्तानले मोस्ट वान्टेड अन्डरवर्ल्ड डन दाउद इब्राहिम आफ्नो देशमा रहेको केहि समय पहिले बताएको थियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकारले मोस्ट वान्टेड आतंकवादी दाउद इब्राहिम पाकिस्तानमै रहेको स्वीकारेका थिए । दाउदको नामसंगै उसंग १४ वटा पासपोर्ट भएको समेत उल्लेख गरिएको छ । दाउदका पाकिस्तानको कराँचीमा तीन वटा घरसमेत रहेको खुलेको छ ।
योसँगै महविश हयातको नाम दाउदसँग भारतीय सञ्चारमाध्यमले जोडेका छन् । अन्डरवर्ल्ड डनसँग आफ्नो नाममा सामेल भएपछि महाविश चकित भएकी छन् । ३७ बर्षे महविश दाउदभन्दा २७ बर्ष कान्छी छन् ।
बुधवार ट्वीटको माध्यमबाट माहविश हयातले भनिन्- 'मेरो विरुद्धमा लगाइएको आरोप गलत छ। मलाई थाहा छ भारतीय मिडियाको एजेन्डा के हो। उसको पत्रकारिताले मेरो मुख बन्द गर्न सक्दैन।'
यसका साथै हयातले भनिन्,'म कश्मीरमा उनीहरुको ज्यादती र बलिउडको कपटी प्रकृतिबारे मुद्दा उठाउन जारी राख्छु ।अर्को पटक यदि मेरो नाम कसैसँग जोडिए लियोनार्डो डिक्याप्रियोसँग जोडनु।'
महविश हयात पाकिस्तानमा 'ग्ल्यामरस गर्ल' भनेर चिनिन्छ। गत वर्ष, महविश हयातलाई पाकिस्तानको नागरिक पुरस्कार मध्ये एक, तम्गा-ए-इम्तियाजबाट सम्मानित गरिएको थियो । महविश हयातले आफ्नो करियरको सुरुमा आइटम डान्सबाट गरिन्। । सुन्दरताले परिचित हयात पाकिस्तानकी शीर्ष गायिका पनि हुन् ।
महविशलाई ग्याङस्टर गुडिया पनि भनिन्छ। यस बाहेक, महविश 'बिल्ली' को नामले पनि प्रसिद्ध छिन्। २०१४ को फिल्म "ना मालूम अफ्राद" मा महविशले 'बिल्ली'को भूमिका खेलेकी थिइन।
दाउदले पाकिस्तानको फिल्म उद्योगमा लगानी गरिरहेको बताइएको छ । उनीको कराची र लाहोरका धेरै ठूला निर्माताहरू र निर्देशकहरूसँग सम्पर्क छ। दाउद इब्राहिमसँग जोडेर हयातको सोशल मिडियामा धेरै ट्रोल हुँदैछ।
बलिउडमा पनि दाउद इब्राहिमको लगानी थियो । सुषमा स्वराजले सन् १९९८ मा वाजपेयी सरकारमा सूचनामन्त्री हुँदा फिल्म निर्माणलाई उद्योगको दर्जा दिएकी थिइन् । त्यतिबेला २५ प्रतिशतभन्दा बढी फिल्मको निर्माण बजारबाट ब्याजमा रुपमा पैसा लिएर गरिने गरिएको थियो । त्यसमा दाउदले लगानी गर्ने गर्थे ।
२००७ मा दाउद इब्राहिमको दाहिने हातका रुपमा छोटा सकिलले आफूलाई उभ्याइसकेका थिए । दाउदले उनलाई खासगरी जबर्जस्ती रकम असुलीको धन्दामा केन्द्रित गराएका थिए । तर,सकिलको भित्री इच्छा बलिउडमा हात हाली ग्यालमर दुनियाँमाथि राज गर्नु थियो । त्यसका लागि उनी ठूला स्टारलाई लिएर फिल्म बनाउने सोचमा थिए । प्रहरीले सकिलको मोबाइलबाट हुने कल ट्यापिङ गरेर पक्राउ गरेको थियो ।
यसअघि बलिउड नायिका मन्दाकिनी अन्डरवर्ल्ड डन दाउद इब्राहिमको साथमा देखिएपछि करियर डुबेको थियो । सन् १९९४–९५ मा मन्दाकिनी दुबईको शारजाहमा भारत–पाकिस्तानको क्रिकेट खेल चलिरहेको अवस्थामा अन्डरवर्ल्ड डन दाउद इब्राहिमको साथमा देखिएकी थिइन् । दुईबीचको तस्वीर र केही कहानीले चर्चा पनि बटुल्यो । तर, मन्दाकिनीले भने सधैं यसलाई अस्वीकार गरिन् । मन्दाकिनीको करियर सन् १९९६ मा आएको फिल्म जोरदारसँगै सकियो ।
यो पनि भनिन्छ कि दाऊउदको कारण मन्दाकिनीलाई धेरै फिल्महरूमा अभिनय गर्न दिइएको थियो। बदनाम भएपछि काम पाउन छोडेको सो समय उनी माथि आरोप पनि लगाइएको थियो ।
दाउद मुम्बई बम विष्फोटपछि पाकिस्तान भागेका थिए । उक्त विष्फोटमा परी २५७ जनाको ज्यान गएको थियो । त्यस्तै १४ सय भन्दा बढी घाइते भएका थिए ।