arrow

पेटमा शिशु भएकी महिलाको कोरोनाबाट मृत्यु, ज्वरो आएपछि लगिएको थियो अस्पताल

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
Dead_Body.jpg.jpeg

बारा । बाराको सुवर्ण गाउँपालिका—४ की कोरोना संक्रमित एक गर्भवती महिलाको उपचारका क्रममा बिहिबार बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ । ती महिला ३३ हप्ताकी गर्भवती थिइन् । 

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गराएका थिए । उच्च रक्तचापसमेत रहेको ती महिलाको भदौ ८ गते स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । 

उपचारकै क्रममा बिहिबार बिहान साढे ६ बजे उनको मृत्यु भएको छ । मृतकको शव व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताए । 



लोकप्रिय समाचार
नयाँ