पोखरा । कोरोना संक्रमितको संख्या गण्डकी प्रदेशमा मात्र दुई हजार नाघेको छ ।
बिहिबार नवलपरासी पूर्वमा २७ जना संक्रमित भेटिएसंगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या दुई हजार पाँच जना पुगेको हो । यसमा १६ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
गण्डकी स्वास्थ्य निर्देशनालयले आज दिउसो २:४५ बजे दिएको जानकारी अनुसार नवलपरासी पूर्वमा बिहिबार एकै पटक २७ जना संक्रमित भेटिएका हुन् ।
जसमा तीन वर्षका बालकसमेत रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । योसंगै गण्डकी प्रदेशमा आजमात्रै ५३ जना संक्रमित थपिएका छन् ।