arrow

प्रहरी हिरासतमा एक अभियुक्तको मृत्यु, निस्पक्ष छानबिन गर्न कांग्रेसको माग

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
congress-.JPG

रौतहट । हत्या आरोपमा प्रहरी हिरासतमा रहेका एक युवको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका ८ जिङडियाका दलित युवा निरन्जन रामको गत साउन ३२ गते घाँटी रेटेर हत्या भएको थियो । 

सोहि हत्यामा सम्लग्न रहेका ७ जना मध्य बिजय महराको गएराती  मृत्यु भएको छ । प्रहरी हिरासतमा रहेका महराको मृत्यु भएपछि नेपाली कांग्रेस  रौतहटले प्रेस बिग्यप्ती जारी गर्दै तत्काल उच्चस्तरीय छानबिन टोलि गठन गरि सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । 

रौतहटका सभापति कृष्ण यादबद्वारा हस्ताक्षर गरिएको बिग्यप्तिमा रौतहट प्रहरी र प्रशासनको बिस्वस्नियता  प्रती जनमानसमा संका उत्पन्न भएको भन्दै मृत आत्माको शान्तिको कामना सहित  यथासिघ्र सत्य तथ्य बाहिर ल्याउन कांग्रेस ले जोड्दार माग गरेको हो ।



लोकप्रिय समाचार
नयाँ