arrow

कांग्रेस नेता भण्डारीलाई अभ्रद ब्यवहार गर्ने खड्कासँग प्रहरी हच्कियो

कार्वाही हैन छलफलका लागि समेत बोलाएन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ११ बिहिबार
rabi-khadka.jpg

बझाङ । नेपाली कांग्रेस बझाङका पुर्व पार्टी सभापती सत्यराज भण्डारीलाई मदिरा सेवन गरि अभद्र ब्यवहार गर्ने थलारा गाउँपालिकाका रबि खड्कासँग प्रहरी हच्किदा सामान्य सोधपुछ गर्न पनि पछि परेको छ ।

नेपाल तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्न थलारा गाउँपालिका २ दंगाजी पुगेका भण्डारीलाई फोन मार्फत तथा कार्यक्रमस्थलमा आएर धम्क्याउने खड्कालाई कानुनी कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय निबेदन दिएको दुई साता बिती सक्दा पनि प्रहरीले उनलाई नियन्त्रण त लिएन लिएन सामान्य सोधपुछ गर्ने समेत आवश्यकता नदेखेको स्थानिय कांग्रेस नेताहरुले बताएका छन् । 

सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी गराउँदै नेता भण्डारीले आफु माथी अनाहक रुपमा गाली गलौज गर्ने दंगाजीका रबि खड्काको प्रभावमा परि प्रहरीले काम गरेको आरोप लगाएका छन् । उनले तीन साता अगाडी जिल्ला प्रहरी कार्यालय बझाङमा निबेदन दिएको पटक पटक प्रहरी नायब उपरिक्षक गणेश बमलाई जानकारी गराएर १४ दिन सदरमुकाम चैनपुरमा बसेको भए पनि प्रहरीले नै आफ्नो उजुरीलाई वेवास्ता गरेको बताए । 

तीन साता अगाडी नेपाल तरुण दल थलारा गाउँपालिकाले आयोजना गरेको वडा भेलामा थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर जोशी मुर्दावाद भन्ने नारा किन लगाएको भनेर अपरिचित नम्बरबाट फोन गरेको र ५ मिनेटमा भेट्छु भन्दै कार्यक्रमस्थलमा आई गाली गलौज गरी आफु माथी हातपातको प्रयास गरेको भण्डारीले बताए । उनले आफुले आफ्ना कार्यकर्ताहरुलाई हात जोडेर झगडा नगरौ पछि कानुनी उपचारमा जाउँला भन्दै सम्झाएको भण्डारीले जानकारी दिए । 

तरुण दलको कार्यक्रममा कुनै ब्यक्ति र दललाई लक्षित गरि नारा जुलुस नलगाएको बताउँदै भण्डारी कसैले नारा जुलुस गरेको प्रमाण भेटाउन चुनौती समेत दिए । भण्डारीले भने कुनै नेता तथा दल बिशेषलाई मुर्दाबादको नारा लगाउनु आफ्नो नैतिकता नभएको बताउदै सत्ता र शक्तिको आडमा अपराधीलाई संरक्षण गर्नु दुर्भाग्य भएको बताए । 

बझाङ प्रहरी पटक पटक सत्ता र शक्तिको आडमा प्रभावित हुने गरेको गुनासो समेत आउने गरेको छ । पछिल्लो समयमा राजनीतिक प्रभावका आधारमा मुद्धा दर्ता गर्न प्रहरीले आनाकानी गर्ने, अपराधीलाई कानुनी दायरामा ल्याउनुको साटो प्रहरीले उल्टै अपराधिलाई संरक्षण दिने गरेको, नेताहरुको प्रभावमा काम गर्ने गरेको नागरिक समाजको गुनासो छ । 

यता प्रहरी नायव उपरिक्षक गणेश बमले दुबै पक्षले कुरा भएको भनेपछि आफुले ध्यान नदिएको बताए । उपरिक्षक बमले दुबै पक्षको कुरा मिल्यो भन्ने खबर आयो अनि त्यसमा ध्यान दिन सकेनौ ।    

गत असार १९ गते राती केदारस्यू गाउँपालिका ८ मा २२ वटा घर पहिरोले बगाएको र ७ जना को मृत्यु भएकोमा अमेरिका रहेका ब्यक्तिहरूबाट संकलन भएको र केहि रकम भारतबाट प्राप्त भई साउन १४ गतेका दिन (तीन लाख)पहिरो पिडितहरूलाई हस्तान्तरण गर्न बझाङ आएका नेता भण्डारी थलारा गाउँपालिका तरुण दलको कार्यक्रममा समेत सहभागी भएका थिए ।



लोकप्रिय समाचार
नयाँ