काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले युइएफएए गोल अफ द सिजन अवार्ड जित्न सफल भएका छन् ।
इटालियन क्लब युभेन्ट्सबाट खेल्दै आएका रोनाल्डोको गोल युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा उत्कृष्ट ठहरिएको हो ।
च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको खेलमा लियोनविरुद्ध रोनाल्डोले गरेको गोललाई उत्कृष्ट ठहर्याइएको हो ।
रोनाल्डोले डि बक्स बाहिरबाट देब्रे खुट्टाले उत्कृष्ट गोल गरेका थिए । उक्त खेलमा युभेन्ट्सले २(१ ले जितेको थियो ।
अवार्ड जित्ने क्रममा रोनाल्डोको गोलले सर्वाधिक मत प्राप्त गरेको थियो । रोनाल्डोले उक्त गोलबाट अवार्ड जिते पनि युभेन्ट्स क्वार्टरफाइनलमा पुग्न भने पाएन ।