काठमाडौं । फ्रान्स फुटबल टिमका मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाइरसको संक्रमण भएको छ । इंग्लिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्दै आएका पोग्बालाई कोरोना भएको हो ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पोग्बालाई कोरोना देखिएको पुष्टि गरेका छन् । कोरोना देखिएपछि पोग्बा फ्रान्सको टिमबाट बाहिरिएका छन् ।
पोग्बा १४ दिनको सेल्फ आईसोलेसनमा रहेका छन् ।
२७ वर्षीय पोग्बा नेसन्स लिग खेल्ने फ्रान्सको टिममा रहेका थिए ।