काठमाडौं । अमेरिकामा आएको ‘लरा’ नामक शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा चारजनाको ज्यान गएको छ।
लुइजियाना राज्यमा आएको आँधीले निकै ठूलो क्षति पुर्याएको छ । क्षतिको आँकलन गर्ने काम भइरहेको बीबीसीले लेखेको छ ।
करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्याएको छ । पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा आगलागी भएको छ।
लराले आफ्नो राज्यमा निकै क्षति भएको भएपनि पहिले आशङ्का गरिए जति नभएको लुइजियानाका गभर्नर जोन बेल एड्वार्ड्सले बताएका छन् ।
पहिले अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी भने नआई आँधी पूर्वतिर लागेको छ ।