काठमाडौं । बिहीबार ८ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार फेरि घटेको छ ।
शुक्रबार प्रतितोला ७ सय रुपैयाँले घट्दै छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य शुक्रबार ९६ हजार ४ सय रुपैयाँ प्रतितोला रहेको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घट्दै १३ सय ४० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।