arrow

चितवनमा कोरोना सङ्क्रमणबाट ७७ वर्षीया महिलाको मृत्यु

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
corona-killed.jpg

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत्  ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृतक महिला हेटौँडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ ।   

स्वासप्रश्वास सम्वन्धि समस्याका कारण यही भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा  भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । 

उनीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए । 

यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङख्या छ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । 

जिल्ला भित्र कोरोनाका कारण तीनको मृत्यु भएको छ भने अन्य एक  कैलाली र तीन मकवानपुरका रहेका बताइएको छ । 



लोकप्रिय समाचार
नयाँ