arrow

डाँडाबाट खसेको सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
prithvi-rajmarga.jpg

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

सडक भन्दा माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पहिरो हटाएर राजमार्ग सुचारु गराउन डेढ घण्टा लाग्ने  कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

“सुख्खा पहिरोले राजमार्गमा ठूला ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उनले भने । 



लोकप्रिय समाचार
नयाँ