टोकियो। जापानका प्रधानमन्त्री सिन्जो आबेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। शुक्रबार स्वास्थ्य अवस्था बिग्रँदै गरेका ६५ वर्षका प्रधानमन्त्री आबेले सरकारको काम कारवाहीमा अवरोध गर्न नचाहेको बताउँदै राजीनामा दिएको बीबीसीले जनाएको छ।
हालै मात्र आबे दुईपटक अस्पताल भर्ना भएका थिए। उनलाई जीर्ण रोग अल्सरेटिभ कोलाइटिस लागेको जनाइएको छ। उनको रोग पेट, आन्द्रा र पाचन प्रणालीसँग सम्बन्धित छ।
जापानी कानुन अनुसार अब सत्तारूढ दलले आफ्नो नयाँ अध्यक्ष नचुनुन्जेल कार्यवाहक प्रधानमन्त्री नियुक्त हुने छन्।