नेपालगञ्ज । बाँकेमा सालालाई अपहरण गरेर फिरौती माग्ने भिनाजु पक्राउ परेका छन् । सालालाई अपहरण गरेर ससुरालीसंग १० लाख रुपैयाँ फिरौती मागेका नेपालगञ्ज १६ का कल्लु भन्ने कलिम खाँलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
१३ बर्षीय इसहाक जाकिर भन्ने इन्तजार खाँलाई उनले भदौ ९ गते राति साढे ८ बजे माहर्रम हेर्न गएका बेला अपहरण गरेका थिए । सालालाई अपहरण गरेर दुई दिनसम्म घरमै राखेका उनले ससुरालीमा फोन गरेर १० लाख फिरौती मागेको प्रहरीले जनाएको छ ।
बालक अपहरण गरेको भोलिपल्ट खबर पाएको प्रहरीले रातभर अप्रेशन चलाएर उनको उद्दार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले बताए । ससुरासंग ४ लाख ८५ हजार नगद रहेको थाहा पाएपछि उनले सालालाई अपहरण गरेका थिए ।