arrow

एकहत्तर जना पत्रकार कोरोना संक्रमित, निसुल्क परिक्षण गर्न महासंगको माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
FNJ-Nepal-patrakar-mahasangh.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघले मुलुकभरि हालसम्म ७१ जना पत्रकारमा कोरोना पुष्टि भएको जानकारी गराएको छ। महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै अग्रपँक्तिमा कर्तव्य निर्वाह गर्ने सिलसिलामा हालसम्म ७१ जना पत्रकारमा कोरोना पुष्टि भएको जानकारी गराएको हो।

‘नेपाल पत्रकार महासंघमा अभिलेख भएअनुसार उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका छन्’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘जसमा केही पत्रकार महिलामा समेत सक्रमण देखिएको छ। महासंघको अभिलेखअनुसार मलुकका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन्।’

महासंघका अनुसार हालसम्म प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् । त्यस्तै प्रदेश २ मा २७ जना, बागमतीमा ११ जना, गण्डकी प्रदेशमा ८ जना, प्रदेश नम्बर ५ मा ११ जना र कर्णाली प्रदेशमा १ जना पत्रकार संक्रमित भएका छन् । संक्रमितमध्ये केही पत्रकार निको भइसकेका पनि महासंघले जानकारी गराएको छ।

महासंघले उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अग्रपँक्तिमा खटिएर का मगर्ने पत्रकारको निसुल्क कोरोना परिक्षण गर्न सरकारसँग माग गरेको छ। ‘विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । महासंघ संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दछ’ महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
नयाँ