कपिलवस्तु । नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले कोरोना भाइरसको कारण लक डाउनको कारण ज्याला मजदुरी गर्न नपाई छाक टार्न समस्या भएका जिल्ला बासीलाई राहत वितरण गर्ने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिको भर्चुअल बैठक बाट यस्तो निर्णय गरेको हो ।
लामो समय सम्म कोरोना भाइरसको प्रकोप हुंदा सरकारले राहत तथा उद्धार गर्न नसकोमा अव जनताको जिउ धन गर्ने काम पार्टी भएको कारण छाक टार्न समस्या भएका जनताको तंथ्याकं संकलन गरी तत्काल राहत संकलन गरी वितरण गरिने जिल्ला सभापति सुरेन्द्रराज आर्चायले बताए । विपन्न तथा समस्यामा परेकाहरुको लागी नेपाली कांग्रेसका जिल्लाका सबै वडा समितिलाई परिपत्र गरिएको समेत सभापति आर्चायले बताए ।
त्यस्तै वर्तमान सरकारले किसानहरुको लागी मलखाद व्यवस्थापन गर्न नसक्दा खेतीमा ठुलो नोक्सानी भोग्नु परेकाले तत्काल मलखाद व्यवस्थापनको लागी प्रमुख जिल्ला अधिकारीलाई ध्यान आर्कषण गरिएको र प्रधानमन्त्री र कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाउने समेत निर्णय भएको जिल्ला सदस्य प्रकाश घिमिरेले बताए ।
त्यस्तै बेठकले कोरोना महामारिमा जोखिमको साथ कार्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी ,पत्रकारहरुको उच्च सम्मान गर्दै विभिन्न स्थानमा उनिहरुलाई गरिएको अमानिय व्यवाहारको घोर भर्सना गर्दै त्यस्ता कार्य गर्ने जो कोहीलाई पनि कारवाही गर्न माग समेत गरेको छ ।
बैठकले कोरोना भाइरसको संक्रमणको कारण निधनभएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजन्य प्रति समवेदना प्रकट गरेको छ । नेपाल तथा अन्य देशमा संक्रमितहरुको सिघ्र स्वास्थ्य लााभको कामना समेत कांग्रेस कपिलवस्तुले गरेको छ ।
जिल्ला पार्टी सभापति सुरेन्द्र राज आर्चायको अध्यक्षता र जिल्ला सदस्य प्रकाश घिमिरेको संयोजनमा भर्चुअल बैठक सम्पन्न भएको हो ।
बैठकमा पुर्व मन्त्री तथा पुर्व राजदुत दिपकुमार उपाध्याय, पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय लगायत जिल्लाका पदाधीकारी तथा सदस्यहरुको सहभागिता रहेको सचिव महेन्द्र कुमार पाठकले जानकारी दिएका छन् । यस अघि पनि नेपाली कागेंस तथा भातृ संस्था तरुण दल तथा नेपाल विद्यार्थी संघले विभिन्न स्थानमा राहत वितरण गरेका थिए ।