काठमाडौं । दुई मन्त्री होम आइसोलेशनमा बसेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले शनिबारको बैठक स्थगित भएको ।
कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ । त्यही कारण बैठक १८ गतेलाई सरेको छ ।
बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । गृहमन्त्री थापाको सचिवालयका अनुसार मन्त्री आज मन्त्रीनिवासमै बसेका छन् । उनी बाहिर निस्केका छैनन । यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल होम आइसोलेशनमा बसेका थिए ।