काठमाडौं । वर्षाले जितेको खेलमा इंगल्याण्ड र पाकिस्तानबीचको पहिलो टी–२० क्रिकेट बराबरीमा सकिएको छ । म्यान्चेस्टरमा शुक्रबार राति भएको खेल वर्षाले अवरुद्ध भएपछि नतिजा नआएको हो ।
पहिले ब्याटिङ गरेको इंगल्याण्डले १६.१ ओभर मात्र सम्भब भएको खेलमा ६ विकेटको नोक्सानीमा १३१ रन बनायो ।
ओपनर २१ वर्षीय टम बान्टनले ४२ बलमा ७१ रन बनाए ।
दविड मालनले २३ रन बनाए । कप्तान इयान मोर्गानले १४ रन जोडे । अन्य ब्याट्सम्यानले डबल डिजिटको अंकसमेत छुन सकेनन् ।
इमाद वासिम र शदब खानले २–२ विकेट झारे । दुई खेलाडी रन आउट भए ।
यो खेल रद्द भएपछि तीन खेलको सिरिजका बाँकी खेल महत्वपूर्ण बनेका छन् । दोस्रो खेल आइतबार हुनेछ ।
घरेलु मैदानमा इंगल्याण्डले तीन खेलको टेष्ट सिरिजमा पाकिस्तानलाई १–० ले हराइसकेको छ ।