काठमाडौं । जापानी टेनिस खेलाडी नाओमी ओसाका सिनसिनाटी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
अमेरिकाको न्युयोर्कमा शुक्रबार राति भएको सेमिफाइनलमा बेल्जियमकी खेलाडी एलिस मेर्टेन्सलाई हराएर ओसाका फाइनलमा पुगेकी हुन् ।
चौथो वरियताकी ओसाकाले मेर्टेन्सलाई ६–२ र ७–६ (७–५) को सेटमा पराजित गरेकी हुन् ।
अब उपाधिका लागि ओसाकाले जोहान्ना कोन्टा र भिक्टोरिया अजेरिन्काबीचको विजेतासँग खेल्ने छिन् ।