arrow

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाईन विस्तार कार्य ४ महिना भित्र

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ १३ शनिबार
butwal-electricty-line.jpg

रुपन्देही । लुम्बिनी कोरिडोरमा बुटवलबाट ल्याउन लागिएको विद्युत प्रसारण लाईन अबको ४ महिना भित्र पुरा हुने भएको छ । बुटवल–गोरुसिंगे–लुम्बिनी १३२ केभी प्रसारण लाईन विस्तार आयोजनाले बीचमा कुनै अवरोध नभए अवको ४ महिना भित्रै प्रसारण लाईन निर्माण कार्य सम्पन्न हुने दावी गरेको छ ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भैरहवा–लुम्विनी औद्योगिक करिडोर लगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाईन विस्तार थालिएको हो । करिव ४ वर्ष अघि देखि प्रसारण लाइनको विस्तार कार्य थालिए पनि तर स्थानीयहरुको अवरोधका कारण ढिलाई हुन पुगेको आयोजनाले वताएको छ । 

हाल सम्म उक्त आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको आयोजनाका प्रमुख हरि प्रसाद पाण्डेले बताएका छन् । तिलोत्तमा नगरपालिका स्थित योगीकुटी बाट शबस्टेशन रहेको मैनहिया सम्म विद्युत् पुर्‍याउन झण्डै ५६ वटा विद्युत् पोल गाड्नु पर्ने अनुमान गरिएको छ । अहिले सम्म ३४ वटा पोलका लागि फाउण्डेसन तयार रहेको र अब बाँकी २२ वटाको फाउण्डेशन शिघ्र तयार गरिने आयोजनाका प्रमुख पाण्डेको भनाई रहेको छ ।

अब शवस्टेशनको बाँकी रहेको काम र ट्रान्समिसनको काम बाँकी रहेको जनाईएको छ । १ अर्ब २० करोड रुपैयाँ लागतमा वन्न लागेको सो आयोजना ३ वर्ष भित्र निर्माण कार्य गरिसक्नु पर्ने सम्झौता भएपनि तर ४ वर्ष सम्म पनि पुरा हुन सकेको छैन् । औद्योगिक र पर्यटकिय क्षेत्रमै १३२ केभी विद्युत् लाइन नहुँदा उद्योगीहरुले समस्या भोगेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले जनाएका छन् । 

आर्थिक वर्ष २०७२÷०७३ मा तिलोत्तमा स्थित योगीकुटी बाट मैनहिया सम्म लैजाने गरी आयोजना शुरु भएको थियो । जसमा सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–भैरहवा सडक खण्डको किनारमा सिंगल पोल राख्ने तयारी थियो । सडक छेवै बाट विद्युत लैजाँदा मानवीय जोखिम हुने भन्दै स्थानीयहरु र सामुदायिक वनको नाममा समेत उक्त पोल विस्तार गर्ने कार्यमा अवरोध गरेकाले २ वर्ष सम्म विस्तार कार्य प्रभावित वन्न पुगेको वताईएको छ ।



लोकप्रिय समाचार
नयाँ