प्रतापपुर र पाल्हिनन्दनका थप १७ जनामा कोरोना पुष्टि
रबिन्द्र यादव,
प्रकाशित २०७७ भदौ १३ शनिबार
75
Shares
नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका अनुसार पाल्हिनन्दन गाउँपालिकामा १३ जना र प्रतापपुर गाउँपालिकामा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यो सँगै नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या २ सय २४ पुगेको छ । नवलपरासी पश्चिममा अहिलेसम्म कोरोना संक्रमणबाट १ जनाको मृत्यु भइसकेको छ ।