पोखरा। कोराना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका वडा नं. १३ मजुवाका ३८ वर्षीय एक पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
चितवनस्थित भरतपुर अस्पतालमा शुक्रबार दिउसो मृत्यु भएको बताइएको छ । योसंगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।
यसैबीच गण्डकी प्रदेशमा आज शनिबार २१ ज्ना संक्रमित थपिएका छन् ।
यी सबै संक्रमित नवलपरासी पूर्वका रहेका छन् । उनीहरु सबैलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको दुई हजार ८६ जना पुगेको छ ।