arrow

उपत्यकामा १८६ सहित ८८४ मा कोरोना

logo
रासस,
प्रकाशित २०७७ भदौ १३ शनिबार
corona-nepal-ministry.JPG

काठमाडौं। गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट उपत्यकामा छ जनासहित १२ जनाको मृत्यु भएको जानकारी दिए। हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ।

गत २४ घण्टामा थपिएका प्रदेश नं १ अन्तर्गत इलाममा एक, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, सङ्खुवासभामा तीन र सुनसरीमा २४, प्रदेश नं २ अन्तर्गत धनुषामा ४९, पर्सामा ७३, बारामा २१, महोत्तरीमा २६, रौतहटमा पाँच, सप्तरीमा दुई, सर्लाहीमा ८३ र सिराहामा २२ जना छन् । त्यस्तै वाग्मती प्रदेशअन्तर्गत काठमाडौंमा १५५, काभ्रेपलाञ्चोकमा १९, चितवनमा ५७, दोलखामा एक, धादिङमा नौ, भक्तपुरमा १२, ललितपुरमा १९, मकवानपुरमा नौ र सिन्धुपाल्चोकमा एक जनामा कोरोना सङ्क्रमण भएको छ ।
 
त्यसैगरी गण्डकी प्रदेशअन्तर्गत कास्कीमा तीन, नवलपरासीपूर्वमा २३ र लमजुङमा २९, प्रदेश नं ५ अन्तर्गत कपिलवस्तुमा दुई, गुल्मीमा एक, दाङमा १९, नवलपरासी पश्चिममा १०, बाँकेमा २० र रुपन्देहीमा १६ छन् । कर्णाली प्रदेशअन्तर्गत  जाजरकोटमा एक, जुम्लामा एक, दैलेखमा एक, रुकुमपश्चिममा एक र सुर्खेतमा १० जना छन् । त्यसैगरी सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरमा १७, कैलालीमा १९, दार्चुलामा तीन, बझाङमा २६ र बैतडीमा २१ जना गरी २४ घण्टामा ८८४ जनामा कोरोना देखिएको हो । तीमध्ये महिला २४२ र पुरुष ६४२ छन् । 

हालसम्म विश्वमा दुई करोड ४९ लाख २० हजार २४ कोभिड–१९ बाट सङ्क्रमित छन् । आठ लाख ४१ हजार ४८६ व्यक्तिको मृत्यु भएसकेको छ । एक करोड ७३ लाख तीन हजार ८१८ व्यक्ति यस रोगबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पिसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । हालसम्म जम्मा छ लाख ६९ हजार ६२६ पिसीआर परीक्षण भएका छन् । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या आठ हजार ३५ जना छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या २० हजार ५५५ छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला मुस्ताङ र हुम्ला गरी दुई जिल्ला छन्।



लोकप्रिय समाचार
नयाँ