काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले सत्याग्रही एवं वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा गोविन्द केसीलाई अनसन नबस्न आग्रह गरेका छन् ।
डा भण्डारीले अहिलेको समय अनसन बस्ने नभएको भन्दै अनसन नबस्न आग्रह गरेका हुन् ।
नेता भण्डारीले सरकार नपुगेको ठाउँमा डा केसी पुग्न सकेको भन्दै सरकारले डा केसीलाई सहयोग गर्नुपर्नेमा जोडसमेत दिएका छन् ।
उनले भनेका छन्, ‘त्याग नायक हुनका लागि अनिवार्य शर्त हो । तर एकचोटि गरेको त्यागको ब्याज ब्रह्मनाल पुग्दासम्म र खनातीसम्मको अधिकार भन्ने गलत मान्यता बसेको छ । त्याग तपस्या हो जोकोहीसंग यसको अपेक्षा समाजले गर्न मिल्दैन तसर्थ समाजले पनि त्यागीको मनोबल उच्च बनाउन सहयोग र सम्मान गर्नु पर्दछ । यस कठिन समयमा डा गोविन्द केसी सरकार पुग्न नसकेको ठाउँमा पुग्नु भएको छ यो भन्दा गौरव के हुन सक्दछ ? सरकारले उहाँलाई सहयोग गर्नु पर्दछ । आदरणीय डा गोबिन्द केसी ज्यू लाई आग्रह गर्न चाहन्छु यो ‘अनसन’ बस्ने समय होइन ।’