arrow

सिन्धुपाल्चोकमा फेरि पहिरो, सुनकोशीमा चार घर पुरियो

logo
प्रकाशित २०७७ भदौ १४ आइतबार
pahiro-sindhupalchowk-sunko.jpg

सिन्धुपाल्चोक । आइतबार बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । 

पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । 

घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय रेशम बोहोराले जानकारी दिए ।

केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरोमा परेको  बोहोराले जानकारी दिए । 

घटनास्थलमा सुरक्षाकर्मीको टोली उद्धारका लागि भर्खरै पुगेकाले क्षतिको विवरण आउन बाँकी छ । 

पीडितहरुका लागि प्रदेश सरकारले आवश्यक सबै व्यवस्थापन गर्ने घटनास्थल पुग्नुभएका वाग्मती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले बताए । 



लोकप्रिय समाचार
नयाँ