बाँके । बाँकेमा मोटरसाइकल दुर्घटनामा परि एक जना शिक्षकको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका १ कुसुम घर भई नेपालगन्जस्थित महाराजा माविमा कार्यरत ३३ बर्षीय शिक्षक चेवन देवकोटाको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जमा उनले चलाईरहेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल र ना ४ ख २१३९ नम्बर ट्रक ठोक्किदा उनको मृत्यु भएको मृतकका मामा समेत रहेका पत्रकार प्रिया स्मृति ढकालले जानकारी दिएका छन् ।
आइतबार बिहान ३ बजे उनको कुसुम घर नजिक छिमेकीको बच्चालाई सर्पले डसेपछि उनले उद्दारका लागि नेपालगन्ज ल्याउँदै गर्दा शम्शेरगन्ज सशस्त्र प्रहरी चेक पोस्टमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
मोटरसाइकलमा सवार निज बच्चा र निज बच्चाको आमाको अवस्था सामान्य रहेको छ। दुबै जनाको भेरी अस्पतालमा उपचार भइरहेको पत्रकार ढकालले बताए ।
ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याइएको छ।