मुगु । मुगु जिल्लाका चौथो कोरोना संक्रमित भनिएका जिल्ला स्वास्थ्य सेवा कार्यालयका लेखापालले ५ दिन मै कोरोनालाई जितेका छन् ।
गत ८ गते मुगुबाट परिक्षणका लागी पठाएका स्वावहरु मध्ये ६१ जनाको रिपोर्ट नेगटिभ र लेखापाल सुरेश कुमार केसीको पोजेटिभ रिपोर्ट आएको थियो ।
आफ्नो रिपोर्ट पोजेटिभ आए पनि नपत्याएका केसी ल्याब वा अन्य कुनै बदमासी भएको आशंका गर्दै आएका थिए ।
शनिबार उनीसहित ३६१ जनाको रिपोर्ट नेगटिभ आएपछि उनले आफ्नो शंका झन् बलियो भएको बताएका छन् ।
उनले भने, ‘ ममा कोरोना भएको भए मेरो सम्पर्कमा भएका र आएको कसैको त रिपोर्ट पोजेटिभ आउनु पर्ने हो अघिल्लो परिक्षण अघि म कतिसंग घुलमेल भएँ कसैलाई त लक्षण देखिनु पर्ने हो ।’
उनले भने, ‘मलाई कोरोना पोजेटिभ भएको बताईए पनि अझै पनि म भन्छु ममा १०० प्रतिशत कोरोना थिएन त्यो मलाई बदनाम गर्न चालिएको प्रपन्च थियो । नत्र मैले न औषधी खाएको छु न कुनैै घरेलु उपाय अपनाएको छु पहिला खान्थेँ जस्तो खान्थे त्यही खाएको छु अपनाएको छु । ५ दिन मै कोरोनाबाट म कसरी सन्चो भएँ त आफैँलाई थाहा नभएको ?’