काठमाडौं। नेपाली सेनाका एक जवानले आइतवार बिहान पौने ३ वजेतिर आत्महत्या गरेका छन्। नेपाली सेनाको जंगी अड्डामा कार्यरत तनहुँ रानी पोखरी स्थाई ठेगाना भएका एक जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयले घटना सम्वन्धि निज जवानको नजिकको नातेदारलाई जानकारी गराएको बताएको छ तर उनको परिचय भने सार्वजनिक गरेको छैन ।
नेपाली सेनाको स्थायी कार्यविधि बमोजिम सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाईएको र सो घटना सम्बन्धी आवश्यक अनुसन्धान शुरु गरिएको समेत जानकारी सेनाले् जनाएको छ।