कपिलवस्तु । कपिलवस्तुमा आइतबार १६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । यसरी थपिनेमा कपिलवस्तु नगरपालिकाका ७ जना रहेका छन् यसरी संक्रमित हुनेमा गैरसकराकी संस्थामा कार्यरत कर्मचरी, सुठैली भन्सारका कर्मचारी,मन्दिरका पुजारी, व्यवसायी , गृहणी तथा विद्यार्थी रहेका छन् ।
त्यस्तै शिवराज नगरपालिकामा ३ जना थपिएका छन् उनीहरु तीनै जना भारत वाट आएका र क्वारेन्टाइनमा बसेका हुन ,त्यस्तै वाणगगा नगरपालिकामा २ जना संक्रमित थपिएका छन् ।
बुद्धभुमी नगरपालिकामा २ जना थपिएका छन् त्यस्तै शुद्धोधन र विजयनगर गाउंपालिकामा १,१ जना संक्रमित थपिएका छन् । १६ जना थपिएसंगै जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या १ हजार १ सय ३० पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए ।
जिल्लामा समुदाय स्तरमा दिनहुं संक्रमितको सख्यां थपिदै गएको छ । प्रशसनले १५ गते राती १२ सम्म निशेषआज्ञा जारी गरेको छ ।