arrow

स्याङ्जामा एम्वुलेन्स दुर्घटना : गर्भवती श्रीमती लिएर आएका कृष्णको गयो ज्यान, श्रीमती घाईते

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ भदौ १४ आइतबार
ambulence-accident1.jpg

स्याङ्जा । ६ बर्षको छोरा काठमाण्डौमै छाडेर गर्भवती रहेकी श्रीमतीलाई एम्वुलेन्सको साहार लिएर आफ्नो घर स्याङ्जा चापाकोट आएका भानुभक्त गैहे (कृष्ण) ले आफ्नी श्रीमतीको गर्भमा भएको सन्तानको मुख हेर्न नपाई देहावसान हुन पुगे ।

 विश्वभर फैलिएको कोरोना संक्रमणले काठमाण्डौमा भन्दा घरमा नै बच्चा जन्माउन सुरक्षित हुने सल्लाह बमोजिम उनले गर्भवती श्रीमतीलाई लिएर एम्वुलेन्सको सहयोगमा घर आउदै गर्दा दुर्घट्नामा परे । वालिङ ५ मझकोटमा आईतवार विहान बा २ झ ४०११ नम्वरको एम्वुलेन्स दुर्घट्ना हुदा गैह्रे सहित दुई जनाको निधन र दुई जना घाईते भएका थिए । 

शनिवार विरामी लिएर काठमाण्डौ गएको एम्वुलेन्समा फर्कदा चालक सहित ४ जना सवार थिए । दुर्घट्नामा चापाकोट ९ का श्याम पंगेनीको पनि निधन भएको छ । एम्वुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भवती रहेकी पवित्रा पोख्रेल घाईते भएका छन् । उनीहरुको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पवित्राले श्रीमान त गुमाईन नै आफ्नो पेटमा रहेको बच्चालाई भने जिउदै पाउन नसक्ने भएकी छन् ।

 चापाकोट नगर स्वास्थ्य प्रमुख विन्दु कोइरालाका अनुसार घाईते पवित्राको पेटमा भएको बच्चा दुर्घट्नाका कारण निधन भइसकेको चिकित्सकले जानकारी दिएको बताए । कोइरालाका अनुसार चालक भण्डारी र पवित्राको स्वास्थ्य भने सामान्य रहेको छ । पहिरोले साघुरो सडक र लामो दुरीको यात्रा हुदा दुर्घट्ना भएको अनुमान प्रहरीको छ । 

विश्वभर कोरोना संक्रमणले सताएको बेला नेपाल पनि संक्रमणबाट थलिएको छ । यस्तो कठिन परिस्थितीमा चापाकोटवासीको अत्याआवश्यक बिरामकिा लागि सहयोग गर्दै आएको एम्वुलेन्स दुर्घट्ना भएको खबरले दुखीत तुल्याएको चापाकोट नगर प्रमुख शिवकुमार गिरीले बताए । 

घाईते र मृतकका परिवारमा धैर्यधारण गर्न समेत नगर प्रमुख गिरीले आग्रह गरेका छन् । एम्वुलेन्स ग्रामिण सडकबाट झण्डै २५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।  सडकमा पहिरो गएको र साघुरो भएका कारण दुर्घट्ना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

यस विषयमा अनुसन्धान जारी भएको प्रहरीले जनाएको छ ।  राजमार्गमा भन्दा ग्रामिण सडकमा दुर्घट्ना हुन थालेको जिल्ला ट्राफिक प्रहरीको भनाई छ । 

 
 



लोकप्रिय समाचार
नयाँ