arrow

ज्वरो देखिएर अस्पताल भर्ना भएका व्यक्तिको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ भदौ १४ आइतबार
Dead_Body.jpg.jpeg

भरतपुर । चितवनमा आइतबार कोभिड–१९ को  संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर –११ का ५२ वर्षीय पुरुषको आइतबार  मध्याह्न १२ बजे मृत्यु भएको हो ।

यससँगै चितवनमा मात्रै कोरोनाबाट मृत्यु हुने पाँच जना पुगेका छन् । यसअघि पहिलोपटक चितवनमा भरतपुर–११ कै एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो ।

आइतबार मृत्यु भएका पुरुष यही भदौ ४ गते निमोनिया र उच्च ज्वरोको कारण अस्पताल भर्ना भएका थिए । उनको श्वासप्रश्वासमा थप जटिलता देखिएपछि कोरोना परीक्षण गरिएको थियो । उनको भदौ ७ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । 

अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै उनको मृत्यु भएको कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

यससँगै चितवनमा समग्ररुपमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । तीमध्ये पाँच चितवनका, तीन  मकवानपुरका तथा एकएक बारा, नवलपरासी(बर्दघाट सुस्तापूर्व), गोरखा र कैलालीका छन् ।



लोकप्रिय समाचार
नयाँ