arrow

पछिल्लो २४ घण्टामा १२ सय बढी संक्रमित, १४काे मृत्यु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १४ आइतबार
corona-nepal-ministry.JPG

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभरि १२ भन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ तथा जनसँख्या मन्त्रालयले गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ सय २१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ सय ४८ जना महिला र ८ सय ७३ जना पुरुष गरी कुल १२ सय २१ ज्नामा कोरोना पुष्टि भएको हो । योसँगै मुलुकभर कुल संक्रमितको सँख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ ।

मन्त्रालयले शनिबार गराएको जानकारी अनुसार मुलुकभरि कुल ३७ हजार ३ सय ४० जना कोरोना संक्रमित पुगेका थिए ।

कुल संक्रमित मध्ये २० हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ तथा जनसँख्या मन्त्रालयका अनुसार आइतबार पछिल्लो २४ घण्टामा १४ जनाको व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ४ जना महिला र १० जना पुरुष गरी १४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेको उक्त सँख्यासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सँख्या २ सय २१ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ