arrow

बालिकालाई पैसा दिन्छु भनी करणीको प्रयास गर्ने सुरेश पक्राउ

logo
प्रकाशित २०७७ भदौ १४ आइतबार
adalata-danda.jpg.jpeg

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले जबर्जस्ती करणी उद्योगमा आइतबार एक व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ । 

विदुर नगरपालिका–९ कोलनी बस्ने ४८ वर्षीय सुरेश श्रेष्ठलाई शनिबार साँझ सोही स्थानमा निर्माणाधीन टिनको कटेजमा एक बालिकालाई कोही नभएको मौका पारी पैसा दिन्छु भनी अनैतिक क्रियाकलाप गरेको अभियोग  लगाइएको छ ।
 
पीडितका आफन्तकी छोरीले सो घटना देखेपछि प्रतिवादी श्रेष्ठ भागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

 उनका अनुसार पीडित बालिकाले आफ्नो परिवारलाई घटनाबारे जानकारी दिएपछि प्रहरीले तत्कालै श्रेष्ठलाई पक्राउ गरी आइतबार उनीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ  । 

अभियुक्त श्रेष्ठलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ  ।



लोकप्रिय समाचार
नयाँ