arrow

पूर्वमन्त्रीका नाममा ठग्दै हिँड्ने भतिजविरुद्ध ३५ लाख ठगी उजुरी

गाउँपालिका अध्यक्ष बाबुले पुत्रविरुद्ध उजुरी दर्ता गर्न मानेनन्  

logo
प्रकाशित २०७७ भदौ १५ सोमबार
gokarna-bistaka-daju-laxman.jpg

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टको परिवार नै ठगीसम्वन्धी विवादमा मुछिएको छ । गापा अध्यक्ष विष्टका छोरा सूर्यबहादुर विष्टले आफुलाई ठगी गरेको भन्दै एक महिलाले उजुरी हालेकी हुन् । 

ती महिलाले उनीहरुकै इस्मा गाउपालिकामा उजुरी हालेको समाचार प्राप्त भएको छ । रकम फिर्ता दिलाई पाउँ भनेर दिइएको उजुरीमा सूर्यबहादुरकी श्रीमती पुजा विष्टलाई विपक्षी बनाइएको छ । 

बारा माइत भइ प्युठानको स्वर्गद्धारी नगरपालिका ५, घर भएकी काठमाडौ बस्ने ३१ बर्षकी सरिता केसीले उजुरी हालेकी हुन् । 

उजुरीमा विष्टको सम्पत्ति तत्काल रोक्का गर्न गाउपालिकासँग माग गरिएको छ । काठमाडौ जिल्ला अदालतमा आफुहरुको ठगीसम्वन्धी मुद्धा विचाराधिन अवस्थामा रहेको बेला काठमाडौमा भेट भएका सूर्यबहादुरले आफु राजनीतिक पहुँच र प्रभाव भएको व्यक्ति भएकाले मुद्धा मिलाइदिने भन्दै रकम लिएको उजुरीमा उल्लेख गरिएको छ । 

आरोपी सूर्यबहादुर विष्ट पूर्व मन्त्री गोकर्ण विष्टका भतिज र उनका दाइ तथा इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टका छोरा हुन् । 

उजुरीकर्ता केसीले ३५ लाख रुपैयाँ सूर्यबहादुरलाई दिएको तर पटक पटक माग्दासमेत नदिएकाले उजुरी हाल्न बाध्य भएको उजुरीमा लेखेकी छिन् । 

आरोपी विष्टले आफ्नो बुवा गाउँपालिकाको मेयर रहेको, काका पुर्वमन्त्री रहेको र अदालतका न्यायाधीससंग राम्रो चिनजान रहेकाले मुद्धा मिलाईदिने भन्दै प्रलोभनमा पारेको पिडित महिलाको आरोप छ । 

घटनाको भित्रि पाटोः 
प्युठानको स्वर्गद्धारी नगरपालिका–५ का शशीकुमार खड्का आर्थिक लेनदेन तथा जवरजस्ती करणी मुद्धामा पुर्पक्षका लागि जेलमा छन् । श्रीमती सरिता केसीको काखमा तीन वर्षको नावालक बच्चा छ ।

श्रीमान केन्द्रिय कारागार सुन्धारामा रहेपछि बेसाहारा जस्तै बनेकी सरितालाई श्रीमानलाई छुटाएर टुटेको साहारा जोडनु थियो । 

आफन्त मार्फत सरिताको उनै सूर्यसंग चिनजान भयो । सूर्यले आफु मेयरको छोरा र पूर्वमन्त्रीको भतिज भएकाले अदालतमा रहेको मुद्धा मिलाई दिने भन्दै पिडित सरितालाई प्रलोभनमा पारे ।

पीडितका अनुसार सूर्य विष्टले यस्ता मुद्धा पटक पटक मिलाएको भन्दै आफूलाई पछ्याएका थिए । 

पीडित सरिताले श्रीमान् छुट्ने भएपछि विष्टलाई पटक पटक गरि ३५ लाख दिइन् । सो रकम लिएर सूर्य थापा फरार रहेपछि नाबालक बच्चाको स्याहार सुसारमा बसेकी सरिता अलपत्र जस्तै बनेकी छिन् । उनि भन्छिन् “न त श्रीमान छुटे न त ऋण गरी गरी खोजेको पैसा नै रह्यो ।”

उजुरी दर्ता गर्न गाँउपालिका अध्यक्षद्धारा अस्वीकार
आफनै छोरा विरुद्ध ठगी मुद्धामा उजुरी परेपछि इश्मा गाँउपालिकाका अध्यक्ष लक्ष्मण विष्टले उजुरी दर्ता नगर्न दवाब दिएका कारण पीडितको उजुरी गाउँपालिकाले लिन मानेको छैन ।
पीडितका अनुसार अध्यक्ष विष्टले समेत उल्टै पीडितलाई धम्क्याउने र विभिन्न लाञ्छना लगाउने गरेका छन् । स्थानिय तहको न्यायिक समितिको प्रमुख स्वयं गाउँपालिकाको उपप्रमुख रहने ब्यवस्था छ ।

उजुरी उपर छानविन गर्ने र पीडितलाई न्याय दिलाउने पहिलो कर्तब्यबाट इश्मा गाउँपालिका चुकेको छ ।

रकम ठगेर फरार रहेका सूर्य विष्टले काका पूर्वमन्त्री गोकर्ण विष्टको नाम बेचेर पटक पटक ठगी गर्दै आएका कारण परिवारका धेरै सदस्य समेत तनावमा परेका छन् । 
 



लोकप्रिय समाचार
नयाँ