काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनपछि गायिका नेहा कक्कडको नाम पनि बंगाल विश्वविद्यालयको प्रवेश परिक्षाको नतिजामा शीर्ष स्थानमा निस्किएको छ। पश्चिम बंगालको मालदा जिल्लाको मानिकचक कलेजको स्नातक प्रवेश परिक्षाको नतिजामा नेहा कक्करको नाम टपमा छ। कलेजले हालै बीए प्रथम वर्षको लागि सूची जारी गरेको छ।
गायिका नेहा कक्कड तिनै हुन् जो गायक उदित नारायणका छोरा आदित्य नारायणसँग विवाहलाई लिएर चर्चामा थिइन् । नेहा कक्कड र आदित्य नारायणको विवाह फेब्रुअरी १४ मा हुने भनिएको थियो । तर टिआरपीका लागि दर्शकलाई झूक्याइयो विवाह भएन। अफवाह इन्डियन आइडल ११ को टीआरपी बढाउने षड्यन्त्र भएको उदित नारायणले स्विकारेका थिए ।
नेहा कक्करको नाम एक तहमा मात्र नभइ तीनवटा मेरिट सूचीमा छ । नेहाको नाम बीए पास कोर्स, अंग्रेजी अनर्स र एजुकेशन अनर्स कोर्सको मेरिट सूचीमा छ। यसमाथि कलेजका प्रिन्सिपल अनिरुद्ध चक्रवर्ती भन्छन्- यो पश्चिम बंगाल सरकारको अनलाइन प्रवेश प्रणालीलाई बदनाम गर्ने षडयन्त्र हो।
समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा प्रिन्सिपलले कलेज प्रशासनले कलकाता एजेन्सीलाई अनलाइन योग्यता सूची तयार गर्नका लागि हायर गरेको बताए । बिहीबार बिहान तीन मेरिट लिस्टमा शीर्ष स्थान नेहा कक्कडको नाम राखिएको थियो । जसलाई ५०० पूर्णाङ्कमा ५०० नै दिइएको थियो । पछि प्रशासनले सूची नक्कली हो भन्ने थाहा पायो । पश्चिम बंगाल सरकारको अनलाइन प्रवेश प्रणालीलाई बिगार्ने षडयन्त्र भइरहेको प्रिन्सिपलले बताए। कलेज प्रशासनले स्थानीय प्रहरी चोकी र साइबर अपराध स्टेशनमा उजुरी दर्ता गरेको छ ।
हालै बलिउड अभिनेत्री सन्नी लियोनको नाम कोलकाताको एक कलेजको अनलाइन भर्ना प्रक्रियाको पहिलो योग्यतामा रहेको थियो । कोलकाताको आशुतोष कलेजको बी.ए.मा प्रवेश परिक्षाको जारी नतिजामा उनको नाम शिर्ष स्थानमा थियो । सूचीमा सन्नी लियोनलाई कक्षा १२ बोर्ड परीक्षामा उत्कृष्ट चार विषयहरूमा ४०० वा पूर्णांक दिइएको छ। कलेजको नतिजा प्रकाशित भएसँगै आवेदन दिएका विद्यार्थीले सन्नी लियोन र कलेज प्रशासनलाई लिएर बिरोध जनाएका छन् ।
विवाद बढेसँगै कलेज प्रशासनले माफि मागेको छ । कलेजका एक अधिकारीले भनेका छन् 'यो कसैको चाल हो । कसैले जानाजानी सन्नी लियोनको नाम टाइप गरेर गलत आवेदन पठायो। हामीले सम्बन्धित विभागलाई यो सच्याउन आग्रह गरेका छौं। हामी यो घटनाको पनि छानबिन गर्नेछौं।'
योसँगै भारतीय विश्वविद्यालयले लिने प्रवेश परिक्षाको सम्पूर्ण प्रक्रिया माथि प्रश्न पनि उठेको छ।