काठमाडौं। वास्तविक नियन्त्रण रेखा नजिक पूर्वी लद्दाखमा फेरि भारतीय र चिनियाँ सेनाबीच झगडा भएको छ। गत जुन १५ मा पनि भारतीय र चिनियाँ सेनाबीच लद्दाखमै भिडनत भएको थियो।
शनिबार राति चिनियाँ सेनाहरुले पेङ्गोङ्ग सो ताल क्षेत्र नजिक उत्तेजक सैन्य गतिविधी गरेको भारतीय संचारमाध्यामले जनाएको छ।
चिनियाँ सेनाको गतिविधीपछि हजारौं सैनिक भेला भएको लाइन आफ एक्च्युअल कन्टा्रेल (एलएसी) अर्थात वास्तविक नियन्त्रण रेखा नजिक अहिले भने स्थिती सामान्य रहेको भारतिय सेनाले जनाएको छ।
भारत सरकारको प्रेस सूचना ब्युरोले, “कुटनीतिक रुपमा भएको वार्ता र सम्झौतालाई उलंघन गर्न खोज्दै चिनियाँ सैनिकले फेरि यथास्थितीको सिजर्ना गर्न खोजेको्, तर भारतीय सेनाले चिनियाँ सेनाले उक्साउन खोजेको द्धन्द्धको स्थितीलाई रोकेको” जनाएको छ।
पेङ्गोङ्ग सो ताल क्षेत्र यसअघि भएको दुई देशबीचको सैन्य भिडन्तपछि असुरक्षित रुपमा रहँदै आएको छ।
सो क्षेत्रमा ४५ वर्षपछि अर्थात सन् १९६२ पछि पहिलो पटक जुन १५ मा ठूलो भिडन्त भएको थियो।