arrow

डोकेबजार-गौरीफन्टा नाका व्यवस्थित बनाइदै 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ भदौ १५ सोमबार
dokebazar.JPG

कञ्चनपुर । कञ्चनपुरको अर्को अन्तरास्ट्रिय  डोकेबजार - गौरीफण्टा सीमा नाकालाई व्यवस्थित बनाउने कार्य भइ रहेको छ । यस अघि सम्म छिमेकी जिल्ला कैलालीले नाकामा सुरक्षा गर्दै आएको पुनर्वास नगरपालिका ११ स्थित डोकेबजार- गौरीफण्टा सीमानाकामा बिहावार देखि सुरक्षा खटाएको कञ्चनपुर जिल्ला प्रशासनले अव्यवस्थित र अतिक्रमित उक्त अन्तर्राष्ट्रिय नाकालाई व्यवस्थित बनाउने कार्य सुरु गरिएको छ । 

 पुनर्वासको डोकेबजार-गौरीफन्टा नाकालाई व्यवस्थित र सुरक्षा ब्यबस्था मजबुत पार्न पहल सुरु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । 

प्रजिअ खतिवडाले भने - अन्तरास्ट्रिय नाका भएकोले उक्त स्थानलाई व्यवस्थित र सुन्दर बनाउने पहल सुरु गरिएको छ । सो स्थानमा राजस्व संकलनका लागि भन्सारको काउन्टर  त्यहाँ  हुन पर्छ भन्ने हो र यो संगै सो नाकामा सुरक्षा ब्यबस्था चुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

असाध्यै अव्यवस्थित रहेको उक्त नाकामा आवागमन गर्ने यात्रीहरुलाई सहज बनाउन उक्त नाकाको आसपासमा अतिक्रमण गरि बनाइएका खोका , छाप्रा र टहरा हटाएर फराकिलो बनाउने काम सुरु गरिएको छ । 

नाका स्थापनाकाल देखि कैलालीले सुरक्षा गर्दै आएको डोकेबजार-गौरीफन्टा नाकाको ब्यबस्थापनमा ध्यान नदिएका कारण सो संबेदनसिल क्षेत्र अतिक्रमित बन्दै आएको थियो । कञ्चनपुरले सो नाकामा सुरक्षा प्रबन्ध मिलाए संगै अतिक्रमित सरकारी भुमी खालि गराउने पहल सुरु बन्न पुगेको छ । 

प्रमुख जिल्ला अधिकारी खतिवडाले भने "डोकेबजार-गौरीफन्टा नाकालाई व्यवस्थित र सुन्दर बनाउन गर्नु पर्ने सबै खालका काम हामी गर्छौ । सरकारी जमिनमा अबैध रुपमा बनाइएका टहरा हरु हटाउने देखि नाकालाई फराकिलो बनाउने तर्फ हामी लागेकाछौं । " 

नाकालाई हेर्दा सुन्दर , व्यवस्थित , यात्रीहरुका लागी सहज बनाउन हुलाकी सडकलाई चौडा पार्न योजना निर्माण गर्न सहरी बिकास कार्यालय र पुनर्वास नगरपालिका लाई भनि सकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । 

पुनर्वासमा रहेको डोकेबजार-गौरीफन्टा नाका लाई व्यवस्थित बनाउने संग संगै भन्सार कार्यालय स्थापित गराउने तर्फ योजना बनाइएको पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले बताए । सो नाकालाई सुन्दर , व्यवस्थित बनाउन प्रशासन संग हातेमालो गरि अघि बढिने मेयर थापाले बताए ।



लोकप्रिय समाचार
नयाँ